१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ६ शुक्रबार
  • Monday, 01 July, 2024
२o७९ जेठ ६ शुक्रबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

एमाले उपाध्यक्ष पौडेलको वडामा कांग्रेस विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ६ शुक्रबार १७:३१:oo

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ मा नेपाली कांग्रेस विजयी भएको छ। यस वडाको अध्यक्षमा कांग्रेसका यज्ञप्रसाद पंगेनी १ हजार ५ सय ३९ मत ल्याएर विजयी भएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार ज्ञानप्रसाद अर्यालले १ हजार ५ सय ८ मत प्राप्त गरेका छन्।

सदस्यहरूमा भने मिश्रित परिणाम आएको छ। वडा सदस्यहरूमा नेकपा माओवादी केन्द्रका हरिहर ज्ञवाली, राष्ट्रिय जनमुक्ति पार्टीका तुलबहादुर थापा विजयी भएका छन्। ज्ञवाली रुख चिह्नबाट चुनावमा उठेका थिए। महिला सदस्यमा एमालेकी सीता खनाल र दलित महिला सदस्यमा एमालेकी सविता विक विजयी भएकी छिन्। 
 

ad
ad
ad
ad