१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Saturday, 28 September, 2024
डिलाराम भुसाल कपिलवस्तु
२o७९ जेठ ५ बिहीबार १४:२o:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कपिलवस्तुको यशोधरामा एमाले विजयी 

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार १४:२o:oo

कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित भएका हुन् ।

तिवारीले चार हजार चार सय ६२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका अनुपकुमार पाण्डेयले तीन हजार दुई सय मत प्राप्त गरेका छन्। उपाध्यक्षमा निर्वाचित मौर्याले चार हजार ४५ मत ल्याइन् भने निकटतम् प्रतिस्पर्धी कांग्रेसकी बिन्द्रावती यादवले तीन हजार दुई सय ३७ मत प्राप्त गरिन् ।

आठवटा वडा रहेको गाउँपालिकामा एमालेले तीन, कांग्रेसले दुई, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् ।