१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Saturday, 21 September, 2024
गणेश लम्साल विराटनगर
२o७९ जेठ ५ बिहीबार ११:२१:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

एक भोटले बनायो कृष्णकुमारीलाई गाउँपालिका उपाध्यक्ष

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार ११:२१:oo

प्रदेश १ को ताप्लेजुङ जिल्लाको सिद्धिङवा गाउँपालिका उपाध्यक्षमा एक मतले जितहार भएको छ । उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा  माओवादी केन्द्रकी कृष्णकुमारी कडरियाले एक मतले आफ्नो जित सुनिश्चित गराएकी हुन् । उनले दुई हजार तीन सय  ७६ मत प्राप्त गरेकी छिन् ।

उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले दुई हजार तीन सय ७५ मत प्राप्त गरेका छन् । यहाँ उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका राप्रपाका मनोज राईले ६३ र स्वतन्त्र उम्मेदवार राजकुमार बानियाँले ११ मत प्राप्त गरेका छन् । यहाँ पालिका अध्यक्षमा एमालेका मानबहादुर राई निर्वाचित भएका छन् । 

को हुन् कृष्णकुमारी ?
सिद्धिङवा गापा– ३ की स्थायी बासिन्दा ४० वर्षीया कृष्णकुमारी कडरिया बन्दना उपनामले चिनिन्छिन् ।   सशस्त्र जनयुद्धकालमा पूर्णकालीन कार्यकर्ता थिइन् । शान्ति प्रक्रियापछि उनी माओवादी पार्टीको केन्द्रीय सदस्य पनि भइन् । पछि पार्टी समायोजन भएपछि उनी ताप्लेजुङ जिल्ला समितिमा सक्रिय रहिन् । पछिल्लो समय घर–व्यवहारले गर्दा सक्रिय राजनीतिक गतिविधिमा समय दिन नपाएकी उनलाई माओवादी पार्टीले ०७९ को स्थानीय निर्वाचनमा उपाध्यक्ष पदको उम्मेदवार बनाएको थियो ।