१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ५ बिहीबार o८:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मतदाताको गोपनीयताप्रति संवेदनशील हुन आयोगलाई अभियन्ताको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार o८:o२:oo

मतदाताको गोपनीयताप्रति संवेदनशील हुन निर्वाचन आयोगलाई अभियन्ताले आग्रह गरेका छन् । नागरिकको गोपनीयताको हकको ख्याल नगरी निर्वाचन आयोगको आधिकारिक वेबसाइटमार्फत मतदाताको व्यक्तिगत जानकारीहरू सार्वजनिक प्रकाशन गरिएको भन्दै आयोग र सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।

नेपालको संविधान र व्यक्तिगत गोपनीयतासम्बन्धी कानुनले प्रत्याभूत गरेको अधिकार हनन हुने गरी स्थानीय निर्वाचन, २०७९ को तयारीको सेरोफेरोमा आयोगले विवरण सार्वजनिक भएको भन्दै कविता बाहिंग, महिमा प्रधान, नेहा गौचन, रिता बरामू, सपना सञ्जीवनी, श्रीपा प्रधान, शुभ कायस्थ, मनिल सिंहलगायतका अभियन्ताले आग्रह गरेका हुन् । 

‘चुनावी डाटाबेसका रूपमा आयोगको वेबसाइटमा गएर मतदाता नामावलीको खण्डमा कुनै पनि प्रदेशअन्तर्गत मतदान केन्द्र वा व्यक्तिको ठेगानाअनुसार त्यस मतदान केन्द्रमा रहेको मतदाताको व्यक्तिगत (गोप्य र संवेदनशील) सूचनाजस्तै मतदाता नम्बर, मतदाताको नाम, उमेर, लिंग, वैवाहिक स्थिति, माता–पिताको नाम र ठेगाना सार्वजनिक रूपमा जसले पनि हेर्न सक्छन् । यो विवरण मतदाताको फारम नम्बर, जन्ममिति र नागरिकता नम्बर थाहा भएको खण्डमा जो–कसैले सजिलै हेर्न सकिन्छ,’ ध्यानाकर्षणमा भनिएको छ, ‘मतदाताको डाटा संकलन चुनावी प्रक्रिया र मतदान गर्ने अधिकार सुनिश्चित गर्नका लागि महत्वपूर्ण छ । जसमा एकातिर मतदाताले आफ्नो नाम नामावलीमा छुटेको छ कि छैन भनेर हेर्न पाउनु उसको सूचनाको हक हो । तर, अर्कोतिर उसको आफ्नो सूचना अरूले समेत पहुँच राख्न पाउनु निजको गोपनीयताको अधिकारको हनन गर्नु हो ।’