१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ ४ बुधबार १८:३३:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

विप्लवको पुर्ख्यौली गाउँमा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ ४ बुधबार १८:३३:००

नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूको गृहक्षेत्रमा माओवादीकै उम्मेदवारले जित हासिल गरेका छन्। तर नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को पुर्ख्यौली घर परिवर्तन गाउँपालिका–३ मा भने नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन्।

पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराको गृहक्षेत्र रोल्पा नगरपालिकामा माओवादी केन्द्रका सुरेन्द्र थापा (घर्ती)ले मेयरमा र गीता आचार्यले उपमेयरमा जित हासिल गरेका छन्। त्यस्तै उनको घर रहेको रोल्पा नगरपालिकाको वडा नं. १ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ। वडाध्यक्षका उम्मेदवार खुमबहादुर थापाले ८०६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अतिराम कुँवरले ३२७ मत प्राप्त गरे।

त्यस्तै पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता वर्षमान पुनको वडा रोल्पा नगरपालिका–७ मा माओवादी केन्द्रका लालबहादुर घर्ती ७६५ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लीलबहादुर डाँगीले १२७ मत प्राप्त गरी पराजित भएका छन्।
रोल्पाका अन्य नेतृत्वहरूमा पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री जयपुरी घर्ती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र द्वन्द्वकाे समयमा जनमुक्ति सेनाका कमान्डरसमेत रहेका उपराष्ट्रपति नन्दबहादुर पुनको वडामा माओवादी केन्द्रले नै जितेको छ।