१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ४ बुधबार १५:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत होउको भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार १५:२५:oo

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छिन्। बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान–प्रदानका विषयमा कुराकानी भएको थियो।

भेटमा राजदूत होउले स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गरेकी छिन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना जनप्रतिनिधि जनताले आफैँ छान्ने प्रक्रिया राम्रो भएको भन्दै यो कार्य सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएको बताइन्।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका दिन आफू निर्वाचन भइरहेका विभिन्न स्थानमा अवलोकनका लागि गएको र त्यहाँ जनता उत्साहित भएर निर्वाचनमा भाग लिइरहेको देख्दा खुसी लागेको बताइन्। 

केही समयअघि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएको वेलामा सुरक्षा प्रबन्ध राम्रो गरेकोमा गृहमन्त्रीमार्फत सुरक्षा निकायलाई राजदूत होउले धन्यवाद दिइन्। भेटमा गृहमन्त्री खाणले स्थानीय सरकार निर्माण गर्ने कार्य सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको राजदूत होउलाई बताए । 

चीनले शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरे। 

भेटमा राजदूत होउले ३० मेदेखि काठमाडौंबाट चीनको कुनमिङमा सीधा उडान गर्ने तयारी भएको जानकारी गराइन्। काठमाडौंदेखि कुमनिङ र कुमनिङदेखि काठमाडौं उडान हुने जानकारी राजदूत होउले गृहमन्त्री खाणलाई गराएकी थिइन्। राजदूत होउले आफ्नो विकासको मोडेल आफैँ तय गर्ने बताउँदै त्यसमा चीनको सदभाव रहेको बताइन्।