१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Wednesday, 26 June, 2024
२o७९ जेठ ४ बुधबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

थाहा नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार १o:३o:oo

मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ०७४ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको थाहामा यसपटक पनि गठबन्धनकै प्रमुख, उपप्रमुख विजयी भएका हुन् । बुधबारको अन्तिम मतगणनाअनुसार गठबन्धनबाट प्रमुखमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विष्ट नौ हजार सात सय १९ मतसहित विजयी भएका हुन् । 

उनका प्रतिस्पर्धी नेकपा एमालेका अच्युतमप्रसाद ढकालले सात हजार सात सय ७१ मत ल्याए । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका भरत गोपाली आठ हजार ६ सय सात मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी कल्पना बलामीले आठ हजार पाँच सय २२ मत ल्याइन् । 

ad
ad
ad
ad