मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ३ मंगलबार १८:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नवीन श्रीवास्तव नेपालका लागि भारतीय राजदूत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार १८:५६:oo

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (पूर्वी एसिया) नवीन श्रीवास्तव नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले  आज यो घोषणाा गरेको हो। यसअघि राजदूत रहेका विनयमोहन क्वात्रा विदेश सचिव भएपछि उनको स्थानमा सरकारले श्रीवास्तवलाई पठाउन लागेको हो।

विदेश सेवामा सन् १९९३ ब्याचका अधिकृत श्रीवास्तवले यसअघि मन्त्रालयको पूर्वी एसिया विभागमा रहेर चीनलगायत मामिलामा काम गरिसकेका छन्।  श्रीवास्तवले पूर्वी लद्दाख र गलवान उपत्यकामा चिनियाँ सेनासँग भएको भारतीय सेनाको घम्साघम्सीपछि  चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूसँग सीमा व्यवस्थापनसम्बन्धी द्विपक्षीय समन्वय समिति (एमसिसी) बैठकमा भारतीय पक्षको नेतृत्व गरेका थिए।