१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Friday, 05 July, 2024
२o७९ जेठ ३ मंगलबार १३:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका  ः जहाँ माओवादी उम्मेदवार एक मतले उपाध्यक्षमा विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार १३:१९:oo

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मानबहादुर राई विजयी भएका छन् भने उपाध्यक्षमा  नेकपा माओवादीकी कृष्णमाया कडरिया विजयी बनेकी छिन् । गाउँपालिकाको अध्यक्षमा एक्लो एमालेका उम्मेदवार राईले जित हात पारेका हुन् ।

 राई तीन हजार ८५ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रत्याशी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदीप राईले दुई हजार तीन सय ८२ मत प्राप्त गरे । 

उता, उपाध्यक्षमा भने गठबन्धबाट उम्मेदवार बनेकी कृष्णकुमारी कडरियाले आफ्ना प्रतिस्पर्धीभन्दा एक मत बढी ल्याएर विजयी बनेकी हुन् । उनले दुई हजार तीन सय ७६ मत प्राप्त गरेकी छिन् ।  उनका प्रतिद्वन्द्वी  स्वतन्त्र उम्मेदवार जीवन ताम्लिङले दुई हजार तीन सय ७५ मत प्राप्त गरेका छन् ।

सिदिङ्वा गाउँपालिकामा सातवटा वडा रहेका छन् । जसमा १, २, ३ र ६ मा एमाले विजयी भएको छ । वडा नम्बर ७ मा कांग्रेस र ४ मा संघीय लोकतान्त्रिक राष्ट्रिय पञ्च र ५ मा स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

ad
ad
ad
ad