Skip This
संस्कृत विश्वविद्यालयको जग्गा खोज्न आयोग गठन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौैं
२o८१ असार २१ शुक्रबार ११:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

संस्कृत विश्वविद्यालयको जग्गा खोज्न आयोग गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार ११:o१:oo

नेपाल संस्कृत विश्वविद्यालयका नाममा विभिन्न ठाउँमा रहेका जग्गा खोज्न सरकारले आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । 

विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्न आयोग गठन गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ । आर्थिक वर्ष ०८१÷८२ का लागि मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ५८० रुपैयाँ ६२ पैसा तोकेको छ ।

यस्तै, सरकारले चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा इन्ल्यान्ड क्लियरेन्स डिपो÷एकीकृत चेक पोस्ट र अरनिको राजमार्गको निर्माण तथा मर्मतसम्भारका लागि सम्भाव्यता अध्ययन गर्न प्राप्त पत्रहरूमा सरकारका तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

ad
ad
ad
ad