मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दयाहाङ राई, अभिनेता
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ ३ मंगलबार ०९:४२:००
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाली सिनेमा नयाँ बाटो खोज्दै छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ ३ मंगलबार ०९:४२:००

कोरोनापछि संसारभरिका सिनेमाका कथा र प्रस्तुतीकरणमा परिवर्तन आएको छ । फिल्म मेकरहरू थोरै लगानीमा कसरी चुस्त सिनेमा बनाउने भन्ने योजना बनाइरहेका छन् । महामारीपछि दर्शकको हातहातमै पुग्न थालेको सिनेमाले लगानी उठाउन पनि नयाँ–नयाँ उपाय खोज्नुपर्ने भएको छ । 

एउटा औँला चलाउँदा दर्शकसँग हजार विकल्प हुन थालेका छन् । त्यो हिसाबले फिल्म मेकरहरू अहिले कसरी काम गर्ने भन्ने सोचमा छन् । मेकरभन्दा दर्शक स्मार्ट छन् । उनीहरू संसारभरका सिनेमा हेर्छन् । यो दुई वर्षको बीचमा धेरै परिवर्तन भइसकेको छ ।

पहिलाजस्तो रेगुलर फिल्म मेकरले दर्शकलाई आकर्षण गर्न सक्ने अवस्था छैन । परिवर्तित अवस्था अनुसार नै हामीकहाँ पनि धेरै राम्रा फिल्म मेकरले स्क्रिप्ट लेखेर बसेका छन् । सोहीअनुसार अब राम्रा फिल्म आउँछन् भन्ने अपेक्षा छ । नयाँ–नयाँ मेकर पनि आउँदै छन् । केही निर्देशकले विश्वबजारमा नेपाली सिनेमा लैजाने प्रयत्न गरिरहेका छन् । नयाँ बाटो खोज्ने कोसिसमा छ, नेपाली सिनेमा ।

मेकरभन्दा दर्शक स्मार्ट छन् । उनीहरू संसारभरका सिनेमा हेर्छन् । यो दुई वर्षको बीचमा धेरै परिवर्तन भइसकेको छ । परिवर्तित अवस्था अनुसार नै हामीकहाँ पनि धेरै राम्रा फिल्म मेकरले स्क्रिप्ट लेखेर बसेका छन् ।

संसारभरकै दर्शकहरू डिजिटल प्लाटफर्मतर्फ लोभिइरहेका छन् । हामीले पनि सोहीअनुसार अब पैसा तिरेर हेर्न सक्ने डिजिटल प्लाटफर्म बनाउन आवश्यक छ । तर, एकजनाले मात्रै लगानी गर्न सकिँदैन । यसमा चलचित्र विकास बोर्डले अग्रसरता लिनुपर्छ । अबको विकल्प भनेकै डिजिटल प्लाटफर्म हो । धेरै दर्शक चलचित्र हलभन्दा डिजिटल प्लाटर्ममा छन् । युट्युबको भ्युअर्स हेर्दा पनि त्यो देखिन्छ । 

सिनेमा बनाउँदा पनि हामीले आफ्ना लागि बनाउनुपर्छ । आफ्नो शैली खोज्नुपर्छ । फिल्म मेकरले खोज्ने हो । कलाकारले काम गर्ने हो । विश्व सिनेमालाई हेर्दा यो कोरियन, यो चाइनिज, यो बलिउड सिनेमा भनेर प्रस्ट देखिन्छ । तर, हाम्रो चिनिँदैन । हाम्रोमा मौलिकता देखिँदैन । हुन त त्यही कोसिसमा धेरै मान्छे लागेका पनि छन् । समय लाग्छ होला, चुनौती पनि छ । हिन्दी चलचित्रमा दर्शकको भिड लाग्नु र नेपाली चलचित्र हेर्ने दर्शक नहुनुको एउटा कारण पनि यही हो । हामीले दर्शकलाई विश्वास दिलाउन सकेनौँ । पुरानै शैलीका कथा दिइरहेका छौँ । 

हामी अहिले कबड्डी–४ को प्रमोसनका लागि देशभर हिँडिरहेका छौँ । यो क्रममा पनि दर्शकहरू आफ्नै कथा चाहियो भन्छन् । अलौकिक र विश्वास नभएको पात्र लिएर निर्माण गर्दा दर्शकमा विश्वास हुँदैन । यसकारण आममानिसले आफूजस्तो महसुस गर्ने कथा ल्याउनुपर्छ ।