१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Saturday, 28 September, 2024
२o७९ जेठ २ सोमबार o९:३३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

खोटाङको ऐँसेलुखर्क गाउँपालिका प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार o९:३३:oo

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका गिरेन्द्रबहादुर राई निर्वाचित भएका छन् । गिरेन्द्रबहादुरले सत्तागठबन्धनमा आबद्ध चार दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का श्रीबहादुर राईलाई एक सय २६ मतले पछि पार्दै प्रमुखमा जित हात पारेका हुन् ।  

गिरेन्द्रबहादुरले दुई हजार ६ सय ६ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार श्रीबहादुरले दुई हजार चार सय ८० मत ल्याएका छन् । उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका राजेश राजभण्डारी विजयी भएका छन् ।  

राजभण्डारीले तीन हजार एक सय ४६ मत ल्याएर उपप्रमुखमा निर्वाचित भएको निर्वाचन अधिकृत रमाकान्त यादवले जानकारी दिए । राजभण्डारीका निकटतम प्रतिद्वन्द्वी एमालेका पुष्पकला भुजेलले दुई हजार पाँच सय ९५ मत ल्याएका    छन् । 

विसं २०७४ सालको निर्वाचनमा यस गाउँपालिकाको प्रमुखमा कांग्रेसका विश्वनाथ निरौला र उपप्रमुखमा एमालेका भुजेल निर्वाचित भएका थिए । वैशाख ३० गते सम्पन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेसका गाउँपालिका सभापति सन्तवीर तामाङले बागी उम्मेदवारी दिएका थिए ।  

पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी दिएका तामाङले एक हजार सात मत प्राप्त गरेका छन् । बागी उम्मेदवार बनेका तामाङलाई कांग्रेस खोटाङले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । 

सात वडा रहेको यस गाउँपालिकामा एमालेले तीन तथा कांग्रेस र माओवादी केन्द्रले दुई–दुई वडामा जित हात पारेको छ । एमालेले ऐँसेलुखर्क, माक्पा र बाकाचोल, कांग्रेसले महेश्वरी र ज्यामिरे तथा माओवादी केन्द्रले राखाबाङ्देल र जलेश्वरीमा वडाध्यक्षसहित बहुमत सदस्य जितेको जनाइएको छ ।