मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Wednesday, 18 December, 2024
२o७९ बैशाख ३१ शनिबार १४:३४:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

अछामको रामारोशन २ चाफामाडाैंमा माओवादी विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार १४:३४:oo

रामारोशन गाउँपालिका २ अछामको वडाध्यक्षमा मीनबहादुर परियार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका उनले २ सय ५५ मत पाएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २ सय २७ र कांग्रेस उम्मेदवारले ३९ मत मात्रै पाए । वडा नम्बर २ चाफामाण्डौंमा  अन्य ४ सदस्य पनि माओवादीकै विजयी भएका छन् । विजयी हुनेहरूमा खकेन्द्र टमट्टा, सुशीला रावल, मुगा रावल र वैजन्ती लुहार रहेका छन् । 

योसँगै अछामको रामारोशन गाउँपालिकाका दुई वडामा माओवादीले जित हासिल गरेको छ । यसअघि वडा नम्बर १ मलातीकोटमा माओवादीकै उम्मेदवार चक्र साउदको प्यानल विजयी भएको थियो । उनले ५ सय १९ मत पाएका छन् । 
त्यो वडामा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीको गठबन्धनले वडाध्यक्षमा १ सय ६८ र एमालेका उम्मेदवारले ८० मतका साथ पराजय व्यवहोर्नुपरेको छ । अहिलेसम्म रामारोशनका यी दुई वडासँगै जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर १० को पनि अन्तिम नतिजा आइसकेको छ । त्यहाँ कांग्रेसका उम्मेदवार भीमबहादुर विष्टले ४ सय ५२ मत ल्याएर जितेका हुन् । 

१० नम्बरमा एमालेका उम्मेदवारले ३ सय ४६ मतका साथ पराजय व्यहोर्नुपरेको छ । अहिले मतगणना भइरहेका अन्य पालिकाहरूमा अछामको बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेसका उम्मेदवार टेकबहादुर साउद अगाडि देखिन्छन् भने मंगलसेनमा एमालेले अग्रता लिएको देखिन्छ । ढकारी गाउँपालिकामा पनि मतगणना भइरहेको छ ।