मोरङको खानेपोखरी गाउँपालिकामा एमालेले अग्रता लिएको छ । कानेपोखरी गाउँपालिका एमाले अध्यक्षका उम्मेदवार राजमती इङेनाम ५ सय ९६ मतसहित अगाडि छिन् । कांग्रेस सञ्जय भट्टराई ३ सय २२ मतसहित इङ्नामलाई पछ्याइरहेका छन् ।
माओवादी केन्द्रका सुर्य धिमालले २ सय १५ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेका भोला अधिकारी ५ सय ४४ मतसहित अगाडि छन् । कांग्रेसकी मनकुमारी गुरुङले ३ सय ९७ र माओवादीकी तारा ओझाले १ सय २ मत प्राप्त गरेकी छन् ।