मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख २९ बिहीबार १२:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वसांसदसहित भरतपुरका पाँच कांग्रेस नेता निलम्बित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख २९ बिहीबार १२:३९:००

नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाका नेता तथा कार्यकर्ता गरी पाँचजनालाई पार्टीबाट निलम्बन गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले पार्टीको केन्द्रीय निर्देशन एवं पाँचदलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेकाले पाँचैजनालाईे पार्टी सदस्यबाट निलम्बन गरेको जनाएको छ । 

निलम्बनमा पर्नेहरूमा पूर्वसांसद भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दल चितवनका पूर्वजिल्लासचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल रहेका छन् । उनीहरूलाई तत्काल लागू हुने गरी पार्टी सदस्यबाट निलम्बन गरिएको हो । 

No description available.