१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १८:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रसुवाको सबै मतगणनास्थलमा सिसिटिभी जडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:२८:oo

रसुवाको सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनपछिको मतगणनाका लागि जिल्लाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो ।

जिल्लाको पाँचवटै स्थानीय तहमा हुने मतगणनास्थलमा सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको उनले बताए ।

मतगणनाका लागि जिल्लाको नौकुण्ड गाउँपालिकाको पारच्याङ, कालिका गाउँपालिकाको कालिकास्थान, गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे, उत्तरगया गाउँपालिकाको खाल्टे, आमाछोदिङ्मो गाउँपालिकाको थामुचेतमा मतगणनास्थल तोकिएको छ ।

मतगणनास्थलको सबै व्यवस्थापनको कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । सिसिटिभी जडान गरिनुका साथै तारबार लगाइएको जनाइएको छ । मतगणनास्थलमा मतगणकहरू बस्ने र प्रतिनिधि बस्ने स्थानको व्यवस्थापनसमेत मिलाइएको बताइएको छ । 

जिल्लामा ५ वटा गाउँपालिका रहेको छ । जसमा २७ वडा रहेका छन् । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् । जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन् । जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन । अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुनेछ । 

जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । 

मतदान गराउनका लागि स्वयमसेवकसहित ४ सय १० जना कर्मचारी खटाइएको छ भने नेपाली सेनाबाहेक नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी गरी ८ सय १ जना खटाइएको छ ।

ad
ad