मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनीष खड्का रुकुम पूर्व
२०७९ बैशाख २७ मंगलबार १०:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महिला मृत फेला, वाइसिएलले हत्या गरेको एमालेको दाबी 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पूर्व
२०७९ बैशाख २७ मंगलबार १०:२५:००

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका– ११ की एक महिला मृत फेला परेकी छिन् । वैशाख १९ गतेदेखि बेपत्ता दुठी बुढामगर सोमबार गाउँ नजिकैको जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
 
शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको उनले बताए । नेकपा एमालेले भने बुढाको हत्या भएको दाबी गरेको छ । एमालेले एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रसम्बद्ध वाइसिएलले हत्या गरेको आरोप लगाएको छ । 

शरीर बन्धक बनाएर बलात्कार गरी हत्या गरेर शव जंगलमा फालेको गम्भीर आरोप एमालेको छ । वैशाख १९ गते पुथाउत्तरगंगा गाउँपालिका– ११ को तल्लो सेरामा जनभेटघाट तथा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा वाइसिएलले आक्रमण गरेको एमालेका जिल्ला अध्यक्ष टोपबहादुर ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मृत फेला परेकी दुठी उक्त घटनामा बेपत्ता भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।