Skip This
लोडसेडिङ तालिका उपलब्ध गराउन माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार o७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लोडसेडिङ तालिका उपलब्ध गराउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o७:o९:oo

लुम्बिनी प्रदेशका उद्योगी–व्यवसायीहरूले विद्युत् सेवा नियमित नभएको भन्दै लोडसेडिडको तालिका उपलब्ध गराउन विद्युत् प्राधिकरणसँग माग गरेका छन् । केही महिनादेखि निरन्तर विद्युत्मा समस्या देखिँदा पनि प्राधिकरण मौन बसेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले बताए । 

‘सुक्खायाममा प्रायः विद्युत् उत्पादनमा गिरावट आउने सबैले बुझेको कुरा हो, तर उद्योगमा पनि घरमा जस्तो बिजुली जाने–आउने गर्दा उत्पादनमा नोक्सान हुन्छ । त्यसैले बिजुली आउने–जाने तालिका सार्वजनिक गर्न माग गरेका हौँ ।’

लोडसेडिङ तालिका भएमा उद्योगीहरूले जेनेरेटर या वैकल्पिक उपाय अपनाउने अवस्था हुन्छ । तर, विद्युत् आउने–जाने निश्चित नभएकाले वैकल्पिक तरिकाबाट उद्योग चलाउने विषयमा अन्योल भएको उनले बताए । 

ad
ad