Skip This
वीरेन्द्रनगरकी उपप्रमुख उम्मेदवार ढकाल चढ्ने गाडीमा आगजनी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २४ शनिबार
  • Saturday, 27 July, 2024
२o७९ बैशाख २४ शनिबार ११:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरेन्द्रनगरकी उपप्रमुख उम्मेदवार ढकाल चढ्ने गाडीमा आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २४ शनिबार ११:oo:oo

वीरेन्द्रनगर नगरपालिका उपप्रमुख शान्ति ढकाल चढ्ने गाडीमा शुक्रबार राति अज्ञात समूहले आगलागी गरेको छ । कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रहेकी ढकाल चढ्ने बा १४ च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । 

वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटेलअगाडि पार्किङ गरी राखेको गाडीमा आगलागी गरेका हुन् । त्यस्तै, जुम्ला रोडस्थित सेन्चुरी बैंकअगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी भएको छ । मिनी बस एमालेको चुनाव प्रसार–प्रचारमा प्रयोग हुँदै आएको थियो । 

आगलागीबाट स्कर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनी बसको सिसा र भित्रका सिटमा क्षति भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी पदमबहादुर विष्टले बताए । शंकास्पद पाँचजना व्यक्तिलाई नियन्त्रणमा लिएको एपी विष्टले बताए ।