मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २३ शुक्रबार
  • Tuesday, 17 December, 2024
२o७९ बैशाख २३ शुक्रबार १९:५६:oo
Read Time : > 3 मिनेट
निर्वाचन डिजिटल संस्करण

स्थानीय निर्वाचनलाई लक्षित गर्दै गण्डकी कांग्रेसले सार्वजनिक गर्‍यो संकल्प        

पाँच वर्षमा ५० हजार रोजगार/स्वरोजगार सिर्जना, प्रतिव्यक्ति आय तीन हजार डलर पुर्‍याइयो 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २३ शुक्रबार १९:५६:oo

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेशले शुक्रबार ‘गण्डकी प्रदेशको संकल्प २०७९’ सार्वजनिक गरेको छ ।

‘शान्ति, स्थिरता र समृद्धिका लागि नेपाली कांग्रेस, नेपाली कांग्रेसको जित प्रदेशवासीको हित’ भन्दै आउँदो पाँच र १० वर्षमा गर्ने कामको संकल्प समेटिएको पुस्तकको नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, पार्टीका केन्द्रीय सदस्य गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द नेपाली पोखरेल, गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री एवं पार्टीका प्रदेश उपाध्यक्ष मेखलाल श्रेष्ठ, प्रदेशका महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने, किरणबाबु श्रेष्ठ, पार्टीका नेता बाबुराम आचार्यलगायतले संयुक्त रूपमा सावर्जनिक गरेका थिए ।

पुस्तकमा पाँच वर्षमा ५० हजार रोजगार/स्वरोजगार सिर्जना, प्रतिव्यक्ति आय तीन हजार डलर पुर्‍याउने  र १० वर्षमा पाँच हजार पुर्‍याउनेलगायतका संकल्प गरिएको छ ।
                                                                                     
यस्ता छन् पाँच वर्षका ३० प्रतिबद्धता 
१ ‍. प्रदेशलाई पूर्ण साक्षर बनाइने, सबै स्थानीय तहमा कम्तीमा १ प्राविधिक शिक्षालय स्थापना गर्ने । 
२. नैतिक शिक्षाको स्थानीय पाठ्यक्रम बनाई विद्यालय तहमा यसको पठनपाठन अनिवार्य गर्ने ।                 
 ३. प्रदेशमा एउटा बृहत् पुस्तकालय स्थापना गर्ने र त्यसको विस्तारस्वरूप १ पालिकामा १ आधुनिक पुस्तकालय स्थापना ।
४. सबै स्थानीय तहमा कम्तीमा २५ शय्याको अस्पताल बनाइनेछ । जिल्ला अस्पतालहरूलाई स्तरोन्नति गरी आवश्यकताअनुसार १०० शय्यासम्मको बनाइने ।
५. प्रत्येक पालिकामा प्राकृतिक चिकित्सा केन्द्र स्थापना ।
६ . १ वडा, १ शिशु स्याहार केन्द्र स्थापना ।
७. सबै नागरिकलाई स्वास्थ्य बिमामा आवद्ध गर्ने । विपन्न, दलित, अपांगको स्वास्थ्य बिमालाई पहिलो प्राथमिकता दिएर निःशुल्क गर्ने ।
८. प्रदेशलाई बालमैत्री बनाइने । प्रदेशस्तरीय एकीकृत बालअस्पताल निर्माण गर्ने।                              
९ . प्रत्येक वर्ष ५० हजार नयाँ रोजगार/स्वरोजगार सिर्जना गर्ने, प्रतिव्यक्ति आय ११९२ डलरबाट तीन  हजार डलर पुर्याउने ।

१०. प्रदेशको अन्तर्राष्ट्रिय व्यापार दोब्बर बनाउने ।                                                                      

११ . निजी क्षेत्रमैत्री नीति तर्जुमा गरी निजी लगानी तथा सार्वजनिक निजी लगानी प्रबर्धन गर्ने । 
१२. स्थानीय उत्पादनको बजार प्रबर्धन एवं व्यउवसायीकरण गर्नका लागि स्थानीय तहमा व्यवस्थित हाटबजार विकास गर्ने ।

१३ . विपन्न नागरिकको पहिचान गरी परिचयपत्र उपलबध गराउने । सबैलाई सुलभ आवास, निःशुल्क पानी, निःशुल्क बिजुली, निःशुल्क शिक्षा, निःशुल्क स्वाथ्य सेवा र सुलभ मूल्यमा दैनिक उपभोगका सामग्री उलब्ध गराइने ।        

१४. रणनीतिक महत्वका सडक र स्थानीय तहको सदरमुकाम जोडने सडकलाई कम्तीमा २ लेनको कालोपत्रे बनाइने ।

१५. अन्तराष्ट्रिय विमानस्थल सुचारु गरी बाह्य पर्यटक वार्षिक १० लाख बनाइने ।                            

१६. इन्जिनियरिङलगायतका प्राविधिक क्षेत्रहरूलाई राष्ट्रनिर्माणको अभियानमा पहिलो प्राथमिकतामा राख्ने ।                                                         

१७ . हाल प्रदेशमा विद्युत् उत्पादन ५६९ मेगावाटबाट ४ हजार मेगावाट पुर्‍याउने ।                        

 १८ . वित्तीय क्षेत्रमा सबै नागरिकको पहुँच पुर्‍याउने । प्रदेशका मुख्य सहरलाई क्रमशः विद्युतीय भुक्तानी प्रणालीमा लगिने ।                                              

१९. हालको १५ प्रतिशतबाट सबै घरमा गुणस्तरीय खानेपानी सुविधा पुर्‍याउने । 
२०. मुख्य फाँटहरूमा १२ महिना सिँचाइको सुविधा पुर्‍याई प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने ।  

 २१. गण्डकी प्रदेशलाई बहुसांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने ।  

 २२ .जनजातिको भाषाको संरक्षण तथा सम्बर्धनका लागि स्थानीय तहमा प्राविधिक, नैतिक, संस्कृत, आध्यात्मिक, गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रम बनाई कार्यान्वनय गर्ने । जनजातिको संस्कृति संरक्षणका लागि जनजाति संग्रहालय स्थापना गर्ने ।

२३ . प्रत्येक धार्मिकस्थललाई साधना केन्द्रका रूपमा विकास गर्ने ।

२३ . प्रत्येक वडामा एकीकृत ज्येष्ठ नागरिक सेवा उपलब्ध गराउने ।

२४ . सामाजिक विकासका क्षेत्रमा नागरिक समाजको क्रियाशीलता वृद्धि गर्नका लागि अनुकूल नीति बनाई कार्यान्वयन गर्ने ।

 २५ . युवाहरूलाई आयआर्जन तथा रोजगारीका क्षेत्रमा लाग्नका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने ।

२६. स्थानीय तहमा महिला नेतृत्व ३३ प्रतिशत पुर्‍याउने । पार्टी पदाधिकारी तहमा महिला सहभागिता २७ प्रतिशत पुर्‍याइनेछ ।

२७ .महिलाले लिने सेवामा प्रदेशले लगाउने शुल्क तथा करमा २५ प्रतिशत छुट दिइने ।

 २८‍.यौनिक तथा लैंगिक अल्पसंख्यकको जीवन सहज बनाउनका लागि सहयोगका कार्यक्रम सञ्चालन गर्ने ।

 २९.प्रदेशमा सुशासन प्रत्याभूत गराई भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्ने ।  

३०.  प्रदेशका विभिन्न स्थानमा रंगशाला तथा खेलकुद विद्यालय स्थापना गर्ने । 

यस्ता छन् १० वर्ष १० प्रतिबद्धता
१ . आर्थिक र मानव विकास सूचकांकमा पहिलो प्रदेश बनाउने ।                                          

२. बेरोजगारी २ प्रतिशतमा झार्ने ।

३. निरपेक्ष गरिबी ११.५% बाट शून्य प्रतिशतमा झार्ने ।                                                  

 ४. प्रतिव्यक्ति आय पाँच हजार डलर पुर्‍याउने ।                                                          

 ५. कोरला, त्रिवेणी र लार्के भञ्ज्याङ नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाई व्यापार प्रबर्धन गर्ने ।          

  ६. पोखरालाई मुलुकको पर्यटकीय राजधानीे घोषणा गराई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने ।

  ७. लुम्बिनी, मुक्तिनाथ हुँदै कैलाश पर्वत जोड्ने छोटो दूरीको सुविधायुक्त (धार्मिक) सडक निर्माण सम्पन्न गर्ने ।                                                         

८. प्रतिवर्ष ३० लाख पर्यटक गण्डकीमा भित्र्याउने ।      

  ९. पोखरालाई शिक्षा, स्वास्थ्य र साहसिक खेलको हवको रूपमा विकास गर्ने ।  

 १० . विद्युत् उत्पादन सात हजार मेगावाट पुर्‍याउने ।