मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ बैशाख २२ बिहीबार १७:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको घोषणा-पत्रमा एमालेलाई गाली मात्रै : केपी ओली 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ बैशाख २२ बिहीबार १७:५८:००

एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहका लागि सत्तारुढ कांग्रेसले ल्याएको घोषणा-पत्रमा एमालेलाई गाली मात्रै रहेको बताएका छन् । बिहीबार कञ्चनपुरको बेलौरीमा आयोजित चुनावी सभामा ओलीले एमालेको घोषणा-पत्रमा चुच्चे नक्सासहितका विषय भएको तर कांग्रेसको घोषणा-पत्रमा गाली मात्रै भएको बताएका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आगामी निर्वाचनपछि एमालेको सरकार बन्ने बताए । एमालेको पक्षमा जनलहर बढिरहेको भन्दै ओलीले आगामी निर्वाचनमा एमाले संघीय सरकार बनाउने हिसाबले जित्ने ठोकुवा गरे ।  

ओलीले एमालेले स्थानीय निर्वाचनमा ५२ प्रतिशत महिलाले उठाएको पनि बताए । ‘महिला दिदीबहिनी खुसी हुनुपर्छ,’ ओलीले भने, ‘प्रमुख, उपप्रमुखमा एमालेले महिला अघि सारेको छ ।’

ओलीले चुनावकै वेला भूमि आयोगले काम गरेको भन्दै रोक्नुपर्नेमा जोड दिए । ‘सीमाका समस्यामा एमाले सरकार मात्रै बोल्छ,’ ओलीले भने, ‘०१८ सालमा महेन्द्र राजाले भारतलाई दिएको भूमि फिर्ता गरेर दार्चुलामा बिओपी स्थापना गरेका छौँ ।’ ओलीले कञ्चनपुरको सीमा र आरक्ष पीडितका समस्या समाधान गर्ने आश्वासन पनि दिए ।