मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख २२ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २२ बिहीबार १३:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आइजिपी बढुवाविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आजै आदेशको तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २२ बिहीबार १३:२५:oo

सर्वोच्च अदालतले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक (आइजिपी) बढुवाविरुद्ध दायर भएको मुद्दामा आदेशको तयारी गरेको छ। सर्वोच्चले बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमाथि आदेशका लागि आजका लागि पेसी तोकेको हो। 

रिटमाथि सुनुवाइ सकिएको र आदेशको तयारी भइरहेको सर्वोच्चले जनाएको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा बुधबार मुद्दाको सुनुवाइ भएको थियो। तर,समय अभावका कारण सुनुवाइ नसकिएपछि  आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। 

प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले १९ वैशाखमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। 

बुधबार एआइजी पोखरेलका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, महादेव यादव, सतिशकृष्ण खरेल,  पूर्णमान शाक्यका साथै अधिवक्ता मेघराज पोखरेलले बहस गरेका थिए। 

आइजिपी नियुक्तिको निर्णय बदर गरी एआइजी पोखरेललाई उक्त पदमा नियुक्त गर्नुपर्ने उनीहरूले माग गरेका थिए। 

त्यस्तै, प्रतिवादी बनाइएका आइजिपी धीरजप्रताप सिंहका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तका साथै अधिवक्ताहरू टीकाराम भट्टराई, भीमार्जुन आचार्य र केदार दाहालले बहस गरेका थिए। बुधबार नै सरकारी पक्षले पनि आफ्नो कुरा इजलासमा राखेको थियो।