मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १९ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १९ सोमबार १o:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इन्धनको लागत मूल्य फेरि महँगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १९ सोमबार १o:३६:oo

इन्धनको खरिद लागत मूल्य फेरि महँगिएर आएको आयल निगमले जनाएको छ । आइतबार निगमले विज्ञप्ति जारी गर्दै इन्धनको खरिद मूल्य महँगिएर आएको जानकारी दिएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको लागत एक सय ८३ रुपैयाँ दुई पैसा पुगेको छ । त्यस्तै, डिजेलको एक सय ८३ रुपैयाँ १३ पैसा, मट्टीतेलको एक सय ४० रुपैयाँ १९ पैसा र खाना पकाउने ग्यासको मूल्य २६ सय ५० रुपैयाँ १८ पैसा रहेको निगमले जनाएको छ ।

 नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ दुई पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा, मट्टीतेलमा दुई रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्यासमा एक हजार ५० रुपैयाँ १८ पैसा नोक्सान रहेको निगमको भनाइ छ । निगमलाई हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको छ । वैशाख पहिलो साता केही घटेको इन्धनको खरिद लागत मूल्य तेस्रो सातामा पुनः महँगो भएको नेपाल आयल निगमका सहायक प्रवक्ता पुुष्कर कार्कीले जानकारी दिए ।

भारतीय आयल निगम (आइओसी)बाट ३ वैशाखमा प्राप्त मूल्यसूचीको तुलनामा १८ वैशाखमा प्राप्त नयाँ मूल्यसूचीले निगमलाई थप नोक्सान हुने देखिएको उनले बताए । आइतबारको मूल्यअनुसार १५ दिनको घाटा पाँच अर्ब १९ करोड पुग्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

तेल खरिदबापत भारतीय आयल निगमलाई वैशाखमा बुझाउनुपर्ने १० अर्ब रुपैयाँभन्दा बढी रकमको स्रोत अझै सुनिश्चित नभएको निगमले जनाएको छ । नपुुग रकमको जोहो नेपाल सरकार र अन्य वित्तीय संस्थाहरूबाट ऋण लिएर आपूर्ति व्यवस्था सहज बनाइराख्नुपर्ने बाध्यता निगमलाई रहेको छ ।