१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १६ शुक्रबार १४:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनका नाममा ठूला पार्टीले जनतासँग मजाक गर्दै छन् : राजेन्द्र महतो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १६ शुक्रबार १४:२५:oo

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुने गरी सत्तारुढ दलहरूले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन्। नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भए पनि सत्तारुढ दलहरूले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको आरोपसमेत लगाए।

शुक्रबार काठमाडौंमा पार्टीको स्थानीय तह चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले सत्तारुढ दलहरू चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने भन्ने प्रश्नसमेत गरे। देश र दुनियाँले नबुझ्ने गरी सत्तारुढ दलहरूले गठबन्धन बनाएर चुनावमा गएको नेता महतोले बताए।

‘जनतासँग मजाक भइरहेको छ। यहाँका ठूलाबडा पार्टीहरूले जनतासँग गठबन्धन भनेर मजाक गरेको हो। यो चुनाव भनेको जनताले आफूले रोजेको पार्टीलाई भोट दिने होइन ? विभिन्न पार्टीप्रति आफ्नो अभिव्यक्ति दिने हो,’ महतोले भने, ‘यहाँ गठबन्धन भनेर कुन पार्टीको कुरा आइरहेको छ ? सरकारी पार्टीहरूले जुन गठबन्धन गरेका छन्, त्यो कुन पार्टीको मान्यता हो ? कुन पार्टीको मत भनेर जनताले बुझ्ने हो ? देश र दुनियाँले के बुझ्ने हो ?’

नेता महतोले दलीय सिष्टममा दलहरू आफैँ निर्वाचनमा जाने भएकाले आफ्नो पार्टीले गठबन्धन गरेर जाने विषयलाई महत्व नदिएको तर्क गरे। उनले स्थानीय तहमा आवश्यक्ताको आधारमा अन्य दलसँग चुनावी तालमेल गरेर जाने निर्णय गर्ने अधिकार स्थानीय पार्टीलाई दिइएको पनि उल्लेख गरे।