मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख १६ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १६ शुक्रबार o६:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यामाहाको ‘महा एक्सचेन्ज मेला’ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १६ शुक्रबार o६:o५:oo

नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले यामाहा महा एक्सचेन्ज मेला आयोजना गरेको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा २२ वैशाखसम्मका लागि मेला सुरु गरेको हो । 

कम्पनीले नेपालकै सर्वाधिक ठूलो मेला आयोजना गरेको दाबी गर्दै यसमा थुप्रै सुविधा र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको जनाएको छ । मेलामा जुनसुकै ब्रान्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनका अतिरिक्त १० हजार रूपैयाँ दिइने कम्पनीले जनाएको छ । 

साथै यो मेलामा सहभागी भएर एक्सचेन्ज गर्ने वा यामाहाका कुनै पनि नयाँ मोटरसाइकल–स्कुटर खरिद गर्ने ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर ‘मल्टिप्लाई योर ह्यापिनेस २०७९ गुणा १००० टाइम्स’मा सहभागी हुने अवसर पाउने जनाइएको छ । यो योजनामा डिजिटल ज्याकपटमार्फत ग्राहकले दैनिक रूपमा दुई लाख सात हजार नौ सय रुपैयाँ, स्योर सटमा आठ हजार तीन सय १६ रुपैयाँ र बम्पर उपहारमा २० लाख ७९ हजार रुपैयाँसम्म जित्न सक्ने कम्पनीले जनाएको छ ।  

एक्सचेन्ज मेलामा टेस्ट राइड गर्ने सहभागीमध्येबाट हरेक दिन एकजनाले माउन्टेन  फ्लाइटको टिकट उपहार प्राप्त गर्ने जनाइएको छ । यसैगरी, मेलामा यामाहाका कुनै पनि बाइक–स्कुटर लिन चाहनेहरूका लागि ‘अन द स्पट फाइनान्स’ सुविधा पनि उपलब्ध रहेको छ । उक्त फाइनान्स सुविधाअन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइक–स्कुटर लिने सुविधा दिइने कम्पनीले जनाएको छ ।

मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क बाइक एक्सेसरिज प्रदान गर्ने र जुनसुकै ब्रान्डका मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने, राइडिङ प्रतियोगिता, ‘डोर प्राइज’ र ‘डेली क्विज’जस्ता आकर्षण रहेको कम्पनीले जनाएको छ ।