मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १५ बिहीबार १२:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

असन्तुष्ट पक्षलाई महामन्त्री शर्माको आग्रह– अब मुख हेर्ने होइन, रूख हेर्ने हो (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १५ बिहीबार १२:३७:००

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रूखलाई हेरेर मतदान गर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित कांग्रेस सुनापति गाउँपालिकाकेन्द्रित चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै शर्माले कांग्रेसको उम्मेदवारहरूको मुख नहेरी रूख चिह्नमा मतदान गर्न आग्रह गरेका हुन्।

व्यक्ति जो–जो भए पनि रूख चिह्न लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै उनले व्यक्तिमा असन्तुष्टि भए पनि कांग्रेसलाई मत दिनुपर्नेमा जोड दिए। पार्टीलाई व्यवस्थित बनाउन आफूहरू लागिरहेको उनले उल्लेख गरे।

‘हामी केही अप्ठ्यारोहरू व्यहोरिरहेका छौँ। त्यसकारण देशभरि जो उम्मेदवार बन्नुभएको छ, तपाईंले चाहेबमोजिम बन्नुभएको छ– त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार। कतिपय साथीभाइहरलाई फलानो नबनोस् भन्ने लागिरहेको अवस्थाको कुनै तहमा छ– त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार। मापदण्ड पुर्‍याएर उम्मेदवार चयन भएको छ– त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार। कतिपय ठाउँमा प्रक्रिया मिलेन भन्ने भइरहेको छ भने उहाँ पनि नेपाली कांग्रेसको उम्मेदवार। त्यसैले म अपिल र आग्रह गर्न चाहान्छु– देशभरिका साथीहरूलाई उम्मेदवारी दर्ता भइसकेर टुंगोमा पुगिसकेको यो वेलामा अब मुख हेर्ने होइन, रूख हेर्ने हो र नेपाली कांग्रेस पार्टीलाई विजयी बनाउनका लागि एकढिक्का भएर लाग्ने भन्ने म अपिल र आग्रह गर्न चाहान्छु,’ उनले भने।

महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरूलाई सुरक्षा दिँदै मतदानस्थलसम्म लैजान युवाहरूलाई निर्देशन दिए। मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उनले सही रूपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि उनले आग्रह गरे।