![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/pm-office.2022-01-28-09-18-00.jpeg)
सरकारले सातामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। निर्णयअनुसार हाललाई परीक्षणको रूपमा जेठ १ गतेदेखि यो नियम लागू हुनेछ। यो नियम लागू भएपछि कार्यालय समय बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्मका लागि कायम गरिएको छ।
यसबाहेक अन्य सांस्कृतिक र नियमित बिदा कटौती गर्नेबारे भने निर्णय नभएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए। उनले अन्य निर्णय स्थानीय तहको चुनावपछि हुने जानकारी दिए।