१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ बैशाख १२ सोमबार १३:१७:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

पार्टीले टिकट नदिएपछि सहिदपत्नी विनिताले गरिन् विवेकशील साझाबाट उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
२०७९ बैशाख १२ सोमबार १३:१७:००

मधेस आन्दोलन २०७२ का सहिद सोहन कलवारकी पत्नी विनितादेवीले विवेकशील साझा पार्टीबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन्। जनता समाजवादी पार्टीले टिकट नदिएपछि उनले वीरगन्ज महानगर– १६ को वडाध्यक्षमा विवेकशील साझाबाट उम्मेदवारी दर्ता गराएकी हुन्।

मधेसको हक–अधिकारका लागि ज्यान गुमाएका सहिदको परिवारलाई अहिले पार्टीले टिकट नदिएर पैसावालालाई बेचेको उनको आरोप छ। सहिद कलवारको ०७२ भदौ १५ मा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो। ०७४ को स्थानीय निर्वाचनमा विनितादेवी तत्कालीन संघीय समाजवादी फोरमबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्।

वीरगन्ज– १६ का वडाध्यक्ष श्यामबाबु चौरसिया भ्रष्टाचार आरोपमा निलम्बनमा परेपछि उनले तीन वर्ष कार्यवाहक अध्यक्षका रूपमा काम गरेकी थिइन्।