नेपाली कांग्रेसले विराटनगर महानगरपालिकामा नागेश कोइरालालाई मेयरको उम्मेदवार बनाउने भएको छ। आन्तरिक छलफलपछि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले विराटनगरमा कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेकाे बालुवाटार स्रोतले जनाएको छ।
नागेश शेखर कोइरालानिकट मानिन्छन्। आइतबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महानगर र उपमहानगरमा प्रतिनिधि चयन गर्ने जिम्मेवारी सभापतिलाई सुम्पेको थियो। यद्यपि, ललितपुर महानगरमा कांग्रेसले प्रमुखको उम्मेदवार भने टुंग्याइसकेको छैन।