Skip This
कांग्रेस कार्यसम्पादन समिति बैठकमा अर्जुननरसिंह केसीको फरक मत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ११ आइतबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ११ आइतबार १६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस कार्यसम्पादन समिति बैठकमा अर्जुननरसिंह केसीको फरक मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ११ आइतबार १६:३४:oo

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक जारी छ। पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो करिब ४ बजेदेखि बैठक सुरु भएको हो।

आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरका उम्मेदवारहरू टुंग्याउन बैठक बसेको हो। गठबन्धन गरेर निर्वाचनमा जाने पार्टीको निर्णयप्रति कांग्रेसभित्र दुईमत रहँदै आएको छ। शीर्ष नेताहरूबीच महानगरको उम्मेदवार टुंग्याउन पटकपटक छलफल भए पनि उम्मेदवारको टुंगो अझै लागेकाे छैन।

कार्यसम्पादन समिति बैठकमा नेता अर्जुननरसिंह केसीले फरक मत राखेका छन्। सभापति शेरबहादुर देउवा पार्टी विधानविपरीत गएको उनको आरोप छ। पार्टीमा पर्याप्त छलफल नगरी महानगरका मेयरका उम्मेदवार टुंग्याउन कार्यसम्पादन समिति बैठक औपचारिकतामा मात्रै सीमित बनाउन खोजेको नेता केसीले आरोप लगाएका छन्।

 

ad
ad
ad
ad