मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख १० शनिबार
  • Wednesday, 17 September, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका कांग्रेस
२o७९ बैशाख १० शनिबार १४:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कांग्रेस
नयाँ पत्रिका
२o७९ बैशाख १० शनिबार १४:३९:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ प्रदेश (ख) ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गरे।

“आम जनतालाई रैतीबाट सार्वभौमसम्पन्न जनता बनाउनका लागि कांग्रेसको भूमिका महत्वपूर्ण छ। जीवन र जीविकोपार्जनको पूर्ति कांग्रेसले मात्र गर्न सक्छ”, उनले भने । बहुदल आएपछि काठमाडौं क्षेत्र नम्बर ७ को विकासले फड्को मारेको उनको भनाइ थियो।

पार्टीका पूर्वमहामन्त्री सिंहले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत प्रभाव पार्ने भएकाले जिम्मेवार पार्टीका प्रतिनिधिलाई टिकट दिएर विजय गराउन सबै कार्यकतालाई आग्रहसमेत गरे ।

नेता सिंहले संसद्मा झन्डै दुईतिहाइ जनमत पाएको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जिम्मेवार भएर देशको विकासका लागि काम गर्न नसकेर दुईपटकसम्म संसद् विघटन गरेको आरोप लगाउँदै जिम्मेवार प्रतिनिधिलाई निर्वाचनमा चुन्नुपर्ने वेला आएको बताए। रासस