१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ९ शुक्रबार
  • Saturday, 28 September, 2024
एजेन्सी इस्लामाबाद
२o७९ बैशाख ९ शुक्रबार २१:३३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानको सत्तागठबन्धनमा मतभेद

Read Time : < 1 मिनेट
एजेन्सी इस्लामाबाद
नयाँ पत्रिका इस्लामाबाद
२o७९ बैशाख ९ शुक्रबार २१:३३:oo

पाकिस्तानमा इमरान खान सरकारलाई सत्ताबाट बाहिर निकालेर शेहबाज सरिफ नेतृत्वमा सरकार गठन गर्न सहमत भए पनि पाकिस्तानको सत्तागठबन्धनमा मन्त्री नियुक्तिका विषयमा खटपट सुरु भएको छ । कुनै समय शत्रूतापूर्ण सम्बन्धमा रहेका दलहरू पूर्वक्रिकेटर खानलाई अपदस्त गर्न एक ठाउँ आए पनि उनीहरूभित्र आपसी मतभेद देखिएको छ । 

स्थानीय इस्लाम खबरका अनुसार पाकिस्तान सरकार अहिले अस्थिरतातर्फ गएको छ । यसका दुई कारण छन् । पहिलो, नयाँ सरकारका धेरै मन्त्रीहरू विवादित पृष्ठभूमिका छन् र उनीहरूमाथि भ्रष्टाचार र अन्य गम्भीर आरोपहरू छन्। दोस्रो, दुई प्रमुख सत्तागठबन्धन पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र पाकिस्तान मुस्लिम लिग – नवाज (पिएमएल–एन) बीच आपसी प्रतिस्पर्धा बढेको छ । उनीहरू विगतमा कहिल्यै मिलेका थिएनन् । 

पिपिपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले सरकारबाट बाहिर रहने निर्णय गरेका छन्, जसले पिपिपीले पिएमएल–एनलाई अप्ठेरोमा पारिदिएको छ । ‘यो अहम् द्वन्द्वको ठूलो कारण हुन सक्छ, जसले अस्थिर सरकारलाई निम्त्याउँछ,’ इस्लाम खबरले लेखेको छ । भ्रष्ट मन्त्रीहरूको सूचीमा शहबाज सरिफ आफैँ पनि परेका छन् । उनीमाथि भ्रष्टाचारको अभियोगमा मुद्दा थियो । 

यसबाहेक उनका दाजु नवाज सरिफलाई पाकिस्तानको सर्वोच्च अदालतले पनामा पेपर्स मुद्दामा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । नयाँ अर्थमन्त्री मिफ्ताह इस्माइललाई २०१९ मा कतारसँगको १६ अर्ब अमेरिकी डलरको तरल प्राकृतिक ग्यास (एलएनजी) आयात सम्झौतामा घोटाला गरेको आरोप छ । नयाँ आन्तरिकमन्त्री राणा सनाउल्लाह (पिएमएल–एन) लाई फेब्रुअरी २०२१मा मा लागूऔषधसम्बन्धी मुद्दा परेको थियो । उनीसँग त्यसबेला प्रहरीले हेरोइन र हतियार बरामद गरेको थियो ।