१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ५ सोमबार
  • Wednesday, 03 July, 2024
२o७९ बैशाख ५ सोमबार १५:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

खोटाङमा गठबन्धन दलबीच सहमति : ६ पालिकामा चार र चारमा तीन दलको तालमेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ५ सोमबार १५:१३:oo

आसन्न स्थानीय तह निर्वाचनमा खोटाङमा सत्तागठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच सत्तागठबन्धनलाई कायम राख्दै स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो । 

१६ चैतदेखि सुरु भएको सत्तागठबन्धनमा सहभागी चार दलको बैठकले वैशाख ३० गते हुने निर्वाचनमा तालमेल गर्ने सहमति जुटाएको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिए । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लामा चार पालिकामा कांग्रेसबाहेक र ६ पालिकामा कांग्रेससहित चार दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । 

हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कांग्रेस एक्लै लड्दा अरू तीन दल (माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी)ले एक–अर्कालाई सहयोग गर्ने सहमति भएको छ । हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्ने सहमति भएको जनता समाजवादी खोटाङका अध्यक्ष टंक थापाले जानकारी दिए । 

साकेला गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र जसपाका उपप्रमुख, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका प्रमुख र जसपाका उपप्रमुखलाई एक–अर्काले सहयोग गर्ने सहमति भएको छ । बाँकी ६ पालिकामा भने कांग्रेससहित चारदलीय गठबन्धन बनेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज समिता कार्की ‘अस्मिता’ले जानकारी दिइन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी, ऐंसेलुखर्क, खोटेहाङ, बराहपोखरी र जन्तेढुंगा गाउँपालिकामा भने चार दलबीच नै गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र खोटाङका अध्यक्ष दीपक पाण्डे ‘आकाश’ले जानकारी दिए । यीमध्ये तीनमा कांग्रेस र तीनमा माओवादीले प्रमुखको उम्मेदवार पाउनेछन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख, बराहपोखरी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख, ऐंसेलुखर्क र जन्तेढुंगा गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख तथा खोटेहाङ गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पदको उम्मेदवार दिने गठबन्धन दलले सहमति गरेका छन् । पालिकामा तालमेल र भागबन्डाको विषय टुंगिएलगत्तै कहाँ कसलाई उम्मेदवार बनाउने भन्ने छलफल केन्द्रित भएको स्रोतले जनाएको छ । 

दश स्थानीय तहका ७९ वडामा भने तालमेल र भागबन्डाको विषय छलफलकै क्रममा रहेको जनाइएको छ । वडागत तालमेलको विषय पनि भोलिसम्ममा टुंगो लगाइसक्ने गरी सत्तागठबन्धनको छलफल भइरहेको एकीकृत समाजवादी खोटाङका जिल्ला अध्यक्ष जलशेर राईले जानकारी दिए । ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्र एक स्थानीय तहमा विजयी भएका थिए । यसपटकको निर्वाचनमा सत्तागठबन्धनबीच तालमेल गर्ने सहमति भएपछि अधिकांशमा गठबन्धनका उम्मेदवार विजयी हुने अनुमान गरिएको छ । 

के गर्दै छ खोटाङ एमाले ? 

अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी स्थानीय तहमा जित हात पारेको एमाले अहिले सत्तागठबन्धनको निर्णय पर्खेर बसेको छ । एमाले खोटाङले पालिका तथा वडामा उम्मेदवारको टुंगाे लगाउन पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको संयाेजकत्वमा १३ सदस्यीय कार्यदल गठन भएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिए । 

एमाले स्रोतका अनुसार वडास्तरीय उम्मेदवारको टुंगाे लागिसकेको छ भने पालिकास्तरमा गठबन्धनको उम्मेदवार हेरेर चयन गर्ने जनाइएको छ । समाचार स्रोतका अनुसार पालिका तथा वडास्तरका उम्मेदवारको नामावली तयार भइसकेको जनाइएको छ । 


 

ad
ad
ad
ad