१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २ शुक्रबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख २ शुक्रबार १८:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध सशक्त प्रतिवाद गरौँ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख २ शुक्रबार १८:५८:oo

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको भावनाविपरीत गएर संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् । उनले  जनताले संघर्ष गरेर स्थापित गरेका परिवर्तनका मुद्दा कार्यान्वयन हुन नदिने अनेकन खालका षड्यन्त्र विगतमा पनि भएको र अहिले पनि त्यस्ता प्रवृत्ति कायम रहेकाले प्रतिवाद गर्नुपर्ने  बताए । 
 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाले नुवाकोटका नेता माधव पाण्डेलगायतलाई माओवादी प्रवेश गराउँदै प्रचण्डले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध कडा संघर्ष गर्नु आवश्यक रहेको बताए । 

देशको समृद्धि र आर्थिक विकासको नेतृत्वकर्ताका रूपमा माओवादी नै जनताको बीचमा स्थापित भएको उनको  भनाइ छ । मधेसी, थारू, आदिवासी, जनजातिलगायत सबै समुदायको पहिचान र अधिकार माओवादीकै कारण स्थापित भएको तथ्य पेस गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा माओवादीलाई मत दिने आधारसमेत जनतामा स्पष्ट रहेको बताए ।