१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ बैशाख २ शुक्रबार o८:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अन्तर नयाँ पत्रिका टेबुलटेनिस  प्रतियोगिताका विजेता पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ बैशाख २ शुक्रबार o८:५२:oo

अन्तर नयाँ पत्रिका टेबुल टेनिस प्रतियोगिताका विजेता पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखाको आयोजनामा भएको टेबुलटेनिस प्रतियोगिताका विजेतालाई बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुरस्कृत गरेका हुन् ।

नयाँ पत्रिका राष्ट्रिय दैनिकको १५औँ वार्षिकोत्सव तथा नयाँ वर्ष २०७९ को अवसरमा २१ देखि २३ चैत ०७८ मा प्रतियोगिता सम्पन्न भएको थियो । टेबुलटेनिस प्रतियोगितामा महिलातर्फ वसन्ती तिवारी प्रथम, शान्ति तामाङ दोस्रो र एन्जिना राई तेस्रो भएका थिए । यसैगरी पुरुषतर्फ रवि न्यौपाने प्रथम, विश्व थापा दोस्रो र शंकर लामिछानेले तेस्रो स्थान हासिल गरेका थिए ।

पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई सञ्चारमन्त्री कार्कीबाट ट्रफी, नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । नयाँ पत्रिका दैनिकको १५औँ वार्षिकोत्सवका अवसरमा उनीहरूलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा अतिथिका रूपमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको समेत उपस्थिति थियो ।