१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३० बुधबार
  • Saturday, 28 September, 2024
२o७८ चैत ३० बुधबार o७:o३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फुटसलको उपाधि न्युज २४ लाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ३० बुधबार o७:o३:oo

न्युज २४ ले पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसलको उपाधि जितेको छ । ललितपुरको च्यासलस्थित नेसनल स्पोर्टस् सेन्टरमा सम्पन्न फाइनलमा न्युज २४ ले पत्रकार महासंघ ललितपुर शाखालाई ५–२ ले हराउँदै उपाधि हात पारेको हो ।

सेमिफाइनलमा न्युज २४ ले पत्रकार महासंघ कास्की शाखालाई ६–२ ले पराजित गरेको थियो । ललितपुरले फाइनल स्थान रक्षा गर्न टिम शिलापत्रलाई सेमिफाइनलमा ४–१ ले हराएको थियो । विजेता न्युज २४ ले २५ हजार र उपविजेता ललितपुरले १५ हजार रुपैयाँ पाएका छन् ।

 प्रतियोगितामा विधागततर्फ उपाधिमा न्युज २४ कै वर्चस्व रह्यो । उत्कृष्ट गोलरक्षक न्युज २४ का पियूषबहादुर श्रेष्ठ भए ।