१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २८ सोमबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २८ सोमबार १३:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सशस्त्रको २१ दिने नेतृत्वका लागि को बन्ला महानिरीक्षक ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २८ सोमबार १३:५७:oo

सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनाल उमेर हदका कारण आजदेखि अनिवार्य बिदा हुँदै छन्। उनलाई सशस्त्रको प्रधान कार्यालयबाट आज दिउँसो बिदाइ गरिँदै छ। खनालको बदाइपछि सशस्त्रको नयाँ नेतृत्व कसले गर्ने भन्नेबारे टुंगो भने लागिसकेको छैन।

खनालले आजदेखि अवकाश पाएपछि नयाँ आइजिपी चयन नभएसम्म सशस्त्र नेतृत्वविहीन हुनेछ। उक्त पदमा नयाँ नेतृत्वको लागि दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ। एआइजी पुष्पराम केसी र रामशरण पौडेल दुवैले आइजिपीमा दाबी गर्दै आएका छन्। यसको टुंगो भने मन्त्रिपरिषद्को निर्णयले टुंग्याउनेछ।

तर, केसी र पौडेलमध्ये जो आइजिपी भए पनि कार्यकाल भने निकै छोटो रहनेछ। चयन हुने नयाँ आइजिपीले जम्मा २१ दिन मात्रै नेतृत्व गर्नेछन्। उमेर हदका कारण उनीहरू दुवै छोटो समयमै बिदा हुनेछन्।

सरकारले आज–भोलिमै सशस्त्रका नयाँ आइजिपीको टुंगो लगाउने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ। नियुक्ति भएका आइजिपीको कार्यकाल २१ दिनसम्मको हुनेछ। त्यसपछि फेरि सशस्त्र प्रहरीको नयाँ नेतृत्व चयन हुनेछ। सशस्त्र प्रहरीमा १६ जना डिआइजी र दुईजना एआइजी रहने व्यवस्था छ। हाल डिआइजी रहेका राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच २१ दिनपछिको आइजिपीका लागि प्रतिस्पर्धा हुनेछ।

हाल एआइजीमा रहेका एकजना आइजिपी भएपछि एक डिआइजी एआइजीमा बढुवा हुनेछन्। त्यस्तै, २१ दिनपछि आइजिपी र एकजना एआइजीको अवकाशपछि डिआइजीमध्येबाट अर्का एकजनालाई एआइजी हुँदै आइजिपी बनाइनेछ।

सशस्त्र र नेपाल प्रहरी आइजिपी नियुक्ति नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गर्छ भने प्रधानमन्त्री कार्यालयका सचिव, लोकसेवा आयोगका अध्यक्ष र गृहसचिव नेतृत्वमा गठित  बढुवा समितिले सिफारिस गर्ने व्यवस्था छ।