१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २८ सोमबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २८ सोमबार १२:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वित्तीय पहुँचबाट वञ्चित भएका समुदायलाई लघुवित्तले स्वरोजगार बनाएको छ : कामु गभर्नर ढुंगाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २८ सोमबार १२:५७:oo

नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले बैंकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छिन्। सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा बोल्दै कामु गभर्नर ढुंगानाले लघुवित्त तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन्।

तरलता र ब्याजदरमा आएको उतारचढावका कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नुपरेको उनले उल्लेख गरिन्। उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले बिस्तारै सबै कुरामा सुधार आउँदै जाने बताइन्। नेपालको गरिबी निवारण तथा वित्तीय पँहुचभन्दा बाहिर रहेका जनसंख्याको २० प्रतिशत समुदायलाई लघुवित्त संस्थाहरू प्रभावकारी साधन भएको उल्लेख गरिन्।

‘समावेशी आर्थिक विकासका लागि भएका नेपालमा भएका विभिन्न प्रयासका बाबजुत नेपालको कुल जनसंख्याको १८ प्रतिशत हिस्सा अझै पनि गरिबीको रेखामुनि रहेको छ। अझै पनि २० प्रतिशत जनसंख्याको हिस्सा औपचारिक वित्तीय पँहुचभन्दा बाहिर रहेको स्थितिमा लघुवित्त वित्तीय संस्थाहरूले गरिबी निवारण, आर्थिक समावेशीकरण र समग्र आर्थिक विकासका लागि निश्चय नै प्रभावकारी साधन मानिएको छ। लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न लैंगिक हिंसा र महिला सशक्तीकरणलाई टेवा दिन आर्थिक असमानतालाई कम गर्न मद्दत गर्दै आएको छ। लघुवित्तले वित्तीय पहुँचबाट वञ्चित भएका समुदायलाई वित्तीय पहुँच पुर्‍याएर स्वरोजगार बनाएको छ,’ उनले भनिन्।