१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २७ आइतबार १५:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले असफलताको दोष गभर्नरमाथि पोख्न खोज्यो : एमाले (पूर्णपाठ)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २७ आइतबार १५:२३:००

नेकपा एमालेले सरकारले आफ्नो कमजोरी र असफलताको दोष गभर्नरमाथि पोख्न खोजेको बताएको छ। एमालेले अर्थतन्त्र गम्भीर संकटको मोडमा पुगेको विषय चर्चा भइरहँदा पनि सरकार सञ्चो मानेर बसेको बताएको छ। अर्थ मन्त्रायलले लिनुपर्ने कतिपय पहलकदमी नलिएका कारण राष्ट्र बैंकले ढिलै भए पनि आफ्नोतर्फबाट पहलकदमी लिन थाल्यो। तर, आफ्नो कमजोरी ढाकछोप गर्न अर्थतन्त्रको असफलताको दोष अघिल्लो सरकार र राष्ट्र बैंकका गभर्नरमाथि पोख्ने काम भयो,’ एमालेका तीन पूर्वअर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै भनेका छन्।

अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले गभर्नरमाथि कारबाही गर्ने गलत निर्णय लिएको एमालेको बुझाइ छ। ‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यावसायिक स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्तागठबन्धनभित्रैबाट समेत उठिरहेको वेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन,’ एमालेले भनेको छ।

गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलबाड गरेको एमाले आरोप छ। गभर्नरमाथिको पूर्वाग्रही कारबाही गैरकानुनी हुने रहेछ भन्नेमा कांग्रेसले कहिल्यै पनि नचेतेको एमाले भनाइ छ। ‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको वेला यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाउने प्रयास गरेको र केन्द्रीय बैंक नेतृत्वविहीन भएर देशको अर्थतन्त्र संकटमय बनेको इतिहास छ,’ एमालेले भनेको छ, ‘अहिले त्यसको पुनरावृत्ति गरिएको छ। देश आर्थिक संकटको अवस्थामा रहँदा सरकारले सबै सरोकारवाला निकायसँग समन्वय गरी सहकार्य गर्ने र अर्थतन्त्र जोगाउनेतिर लाग्नुपर्ने थियो। तर, गठबन्धन सरकारले आफ्नो नालायकी पन छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको छ। तसर्थ, यो सरकारले प्रायोजित रूपमा गभर्नरमाथि सुरु गरेको कारबाही आपत्तिजनक मात्र नभई निन्दनीयसमेत छ।’