मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका इस्लामाबाद
२०७८ चैत २७ आइतबार १२:४९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानका प्रधानमन्त्री पदमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामाबाद
२०७८ चैत २७ आइतबार १२:४९:००

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। उनले संसदमा आफ्नो पक्षको बहुमत गुमाएका छन्। गत हप्ता उनले संसद् विघटन गरेकामा यहाँको सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएको थियो। अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको संसदमा उनको पक्षमा मत नरहेको भन्दै मतदान भएको थियो।

शनिबार अपराह्न यहाँको संसदमा दोस्रोपटक भएको मतदानमा उनले संसदमा आफ्नो बहुमत गुमाएका हुन्। उनलाई बर्खास्त गर्न विपक्षीलाई जम्मा एक सय ७२ मत मात्र आवश्यक पर्नेमा उनको विपक्षमा एक सय ७४ मत आएको थियो। संसदमा बहुमत गुमाएपछि उनी स्वतः पदमुक्त भएका हुन्।

बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण यहाँ पनि आर्थिक संकट देखिएको छ। यी विविध कारण देखाएर पाकिस्तानको संसदमा यहाँका विपक्षी सांसदहरूले अविश्वासको मत दर्ता गरेका थिए। त्यसलगत्तै प्रधानमन्त्रीले संसद् विघटन गरेका थिए। रासस/सिन्हवा