१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २७ आइतबार
  • Friday, 21 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २७ आइतबार o९:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

काठमाडौंमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २७ आइतबार o९:५८:oo

‘घर–घरमा उद्यम फैलाऔँ, गरिबीलाई शून्य बनाऔँ’ भन्ने मूल नारासहित काठमाडौंमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । स्वावलम्बन विकास केन्द्रले २८ र २९ चैतमा आयोजना गर्न लागेको सम्मेलनमा दुई सयवटा लघुवित्तका ६ सय सदस्य र प्रतिनिधिहरूले सहभागिता जनाउने भएका छन् । सम्मेलनमा ७९ वटा लघुवित्त वित्तीय संस्था र एक सय ५० वटा सहकारी संस्थाहरूसमेत सहभागी हुने भएका छन् । 

स्वावलम्बनका अध्यक्ष शंकरमान श्रेष्ठका अनुसार नेपालको ग्रामीण भेगमा लघुवित्त वित्तीय संस्थाहरूको मात्र चार खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी भएको छ । जसमध्ये तीन खर्ब ७१ अर्ब रुपैयाँ खुद्रा र ६९ अर्ब रुपैयाँ थोक कर्जाप्रदायक लघुवित्त संस्थाहरूले लगानी गरेका छन् । ०७५ सम्म २७ लाख मानिसले लघुवित्त सेवा प्राप्त गरेको केन्द्रको भनाइ छ ।

विगत तीन वर्षको अवधिमा करिब ५४ लाख ५० हजार महिला तथा एक लाख ५० हजार पुरुषहरूले लघुवित्त सेवा सेवा प्राप्त गरेका छन् । मुलुकभर चार हजार नौ सय ६५ शाखामार्फत २३ हजार दुई सय ८१ लघुवित्तकर्मीहरू रहेको केन्द्रले दाबी गरेको छ । केन्द्रले विगत तीन वर्षमा ३० लाख विपन्न परिवारमा लघुवित्त सेवा विस्तार गरेको समेत जनाइएको छ ।

केन्द्रले सन् २०११ मा आफ्नो सम्पूर्ण लघुवित्त कार्यक्रम बैंकलाई हस्तान्तरण गरिसकेको छ । बजारको मागअनुसार गुणस्तरीय तालिम प्रदान गर्ने केन्द्रको लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । 

केन्द्रले हाल लघुवित्त, विकास बैंक, सहकारी संस्था एवं वित्तीय मध्यस्थता गर्ने गैरसरकारी संस्था तथा ‘क’ वर्गका बैंकहरूलाई समेत तालिम सञ्चालन गर्दै आएको छ । विपन्न वर्गलाई पनि आफ्नो सीप, साधन र दक्षता अभिवृद्धि गर्दै उद्यमी बनेका र आत्मनिर्भर भई उन्नतिको खुड्किलो चढ्न सक्षम बनाउने यो केन्द्रको उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले दाबी गरे । कर्जाको सदुपयोग गरी सेवा विस्तारका नाममा कतिपय ठाउँमा विपन्न वर्गभन्दा टाठाबाठा र हुनेखानेले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लघुवित्त सेवाको फाइदा लिइरहेको उनले बताए । 

ad
ad
ad
ad