मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २४ बिहीबार १९:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खाना पकाउने ग्यास ४–५ दिनमा सहज हुन्छ : निगम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार १९:o४:oo

खाना पकाउन प्रयोग गरिने ग्यासमा देखिएको समस्या ४–५ दिनमा समाधान हुने नेपाल आयल निगमले जनाएको छ। व्यवसायीहरूले केही दिन भारतबाट ग्यास आयात रोकेका कारण समस्या देखिएको निगमले जनाएको छ। 

निगमका अनुसार ६ चैतदेखि २० चैतसम्म व्यवसायीले विभिन्न माग राख्दै हड्तालसहित ग्यासका बुलेट आयात रोकेका थिए। २० चैतमा निगमसँग सहमति भएपछि ग्यास ढुवानी सुचारु भएको थियो। निगमले व्यवसायीका माग पूरा गरी ग्यास खरिद अनुमतिपत्र दिएपछि व्यवसायीले ढुवानी सुरु गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए। 

उनका अनुसार ग्यास आयातमा निगमले प्रत्यक्ष हात हालेको छैन। उनले भने, ‘निगमले निजी क्षेत्रलाई खरिद अनुमतिपत्र दिन्छ। मूल्य निर्धारण गरिदिन्छ। डिमान्ड  र सप्लाईसम्बन्धी सबै काम निजी कम्पनीले गर्छन् । ‘व्यवसायीकै आन्दोलनका कारण केही समय ग्यासको ढुवानी रोकियो, त्यसको असर अहिले परेको हो,’ उनले भने, ‘४-५ दिनमा सहज भइहाल्छ।’ 

निगमका अनुसार जाडोयाम सकिएपछि ग्यासको खपत पनि कम हुन्छ। अहिले देशभर दैनिक १ लाख सिलिन्डर ग्यास खपत हुन्छ। त्यस्तै भारतबाट दैनिक ९०–१०० बुलेट ग्यास आयत हुन्छ।