
शिविरमा विद्यालयका बालबालिका, अभिभावक तथा समुदायका गरी करिब एक सय २० भन्दा बढीको स्वास्थ्य परीक्षण गरियाे
कुमारीगालस्थित मोक्षदा स्कुलले एकदिने आँखा, नाक, कान र घाँटीसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा बिपी नेत्र प्रतिष्ठान, बाल आँखा, नाक, कान, घाँटी अस्पताल एवं पुनर्स्थापना सेवा, भक्तपुरको प्राविधिक सहयोग रहेको थियो ।
शिविरमा विद्यालयका बालबालिका, अभिभावक तथा समुदायका गरी करिब एक सय २० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा अस्पतालका तर्फबाट डा. जनक पाण्डे, डा. निर्भीक श्रेष्ठ, र डा. ध्रुव बुढा क्षेत्री संलग्न थिए ।
मोक्षदा स्कुलका प्रधानाध्यापक ठाकुर तिमल्सेनाले विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत यसपटक बाल आँखा, नाक, कान, घाँटी अस्पतालसँग मिलेर बालबालिका, अभिभावक र समुदायलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको र निकट भविष्यमा विद्यालयका बालबालिकालाई मात्र लक्षित गरी छुट्टै स्वास्थ्य शिविर सञ्चालन गरिने बताए ।