मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत २१ सोमबार
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २१ सोमबार १८:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २१ सोमबार १८:४३:oo

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएका छन्। सोमबार भारत सरकारले विज्ञप्ति जारी गर्दै उनी विदेश सचिवमा नियुक्त भएको जानकारी दिएको छ।

हाल विदेश सचिव रहेका हर्षबर्धन शृंगला यसै महिनाको अन्तिममा सेवा निवृत्त हुँदै छन्। क्वात्राले भारतको विदेश सेवामा ३२ वर्षभन्दा बढी सेवा गरेका छन्। उनले फ्रान्स,अमेरिका, जेनेभा, दक्षिण अफ्रिकालगायतका देशमा काम गरिसकेका छन्।

उनले प्रधानमन्त्री कार्यालयमा संयुक्त सचिवको जिम्मेवारीसमेत निभाएका छन्। उनी सन् २०२० को जनवरीमा नेपालमा राजदूत नियुक्त भएका थिए।