१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार १o:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मनमोहन प्राविधिक विश्वविद्यालयले बनायो  नयाँ पाठ्यक्रम  

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२७:oo

नयाँ पाठ्यक्रम नेपाल मेडिकल काउन्सिलमा पेस, सम्बन्धित विषयमा स्नातक उत्तीर्ण विद्यार्थीले पढ्न पाउने

मनमोहन प्राविधिक विश्वविद्यालयले देशमै पहिलोपटक स्नातकोत्तर (मास्टर्स) तहको नयाँ पाठ्यक्रम निर्माण गरेको छ । नेपालको स्वास्थ्य क्षेत्रको व्यवस्थापन र प्रविधिको पहुँच अझै आधारभूत तहभन्दा माथि जान नसकिरहेको निष्कर्षसहित विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने गरी दुई वर्षे मास्टर्स तहको नयाँ पाठयक्रम निर्माण गरेको हो ।

विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री पोखरेलका अनुसार नेपालको स्वास्थ्य सेवा क्षेत्रमा अझै नीति, प्रविधि र व्यवस्थापनमा अर्धदक्ष जनशक्ति प्रयोग गर्नुपर्ने बाध्यता छ । शिक्षित दक्ष जनशक्तिको अभावमा निजी र सरकारी स्वास्थ्य संस्था अझै जिम्मेवार र गुणस्तरीय हुन सकेको उनको भनाइ छ । आफैँले सही सूचना संकलन गरेर विश्लेषण गर्न नसक्दा महत्वपूर्ण सूचना बाहिर गइरहेकाले मास्टर्स तहको नयाँ पाठ्यक्रम निर्माण गरेको पोखरेलले जानकारी दिए ।

‘स्वास्थ्य सेवा क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन भएपछि देशको स्वास्थ्य सेवा क्षेत्रमा नवीनतम प्रविधिको अधिकतम प्रयोग बढेर जाने र सही सूचना, तथ्यांक विश्लेषणको आधारमा उचित योजना निर्माण हुनेछन्,’ पोखरेलले भने । सरकारले स्वीकृति प्रदान गरेलगत्तै ०७९ जेठदेखि विश्वविद्यालयले नयाँ पाठ्क्रमअनुसार मास्टर्स तहको शैक्षिक सत्र सुरु गर्ने उनको भनाइ छ ।

आफैँ गरिखाने क्षमतासहितको जनशक्ति उत्पादन हुने  
स्वास्थ्य सेवा क्षेत्रका विभिन्न विभागमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नेगरी आफैँ गरिखाने क्षमतासहितको जनशक्ति उत्पादन गराउन मनमोहन प्राविधिक विश्वविद्यालयले निर्माण गरेको नयाँ पाठ्यक्रम प्रभावकारी हुने प्रा.डा. सञ्जीव उप्रेतीले बताए । ‘यो कोर्स पढ्ने विद्यार्थीले स्वास्थ्य सेवा क्षेत्रको नीति निर्माण, व्यवस्थान र प्रविधि प्रयोगका लागि विश्वमा कतै पनि पछि पर्नुपर्ने छैन । यसैले यो नयाँ भए पनि एकदमै सफल हुनेछ,’ उप्रेतीले भने । पाठ्यक्रम निर्माण टोलीका संयोजक प्रा.डा. सुजनबहादुर मरहठ्ठाले स्नातकोत्तर तहका लागि निर्माण भएको नयाँ पाठ्यक्रमले स्वास्थ्य सेवा क्षेत्रमा योजना निर्माण गर्ने, सूचना संकलन गरेर अध्ययन विश्लेषण गर्ने, उच्चतम प्रविधिको प्रयोग गरेर सुरक्षा प्रदान गर्नेदेखि व्यवस्थापनमा गुणस्तरीय नेतृत्व प्रदान गर्ने क्षमता अभिवृद्धि गराउने दाबी गरे ।

पााठ्यक्रम निर्माण टोलीका सदस्य डा.दीपेन्द्र श्रेष्ठका अनुसार स्वास्थ्य सेवा क्षेत्रका अनुभवी विज्ञहरूको टोलीले महिनौँ लगाएर देशमै पहिलोपटक मास्टर्स तहको नयाँ पाठ्यक्रम निर्माण गर्न सफल भएको हो । नयाँ पाठ्यक्रम नेपाल मेडिकल काउन्सिलमा पेस भइसकेको उनले जानकारी दिए । एमबिबिएस, आइटी वा अन्य सम्बन्धित विषयमा स्नातक उत्तीर्ण विद्यार्थीहरूले नयाँ पाठ्यक्रमअनुसारको मास्टर्स तह पढ्ने अवसर पाउनेछन् ।
 

ad
ad