१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २० आइतबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २० आइतबार o९:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चैतभित्रै उम्मेदवार छनोट गर्ने एमाले बागमतीको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २० आइतबार o९:४o:oo

२३ चैतबाट वडा, २५ बाट पालिकाका उम्मेदवार छनोट

एमाले बागमती प्रदेशले चैतभित्रै गाउँपालिका, नगरपालिका र वडाको उम्मेदवार छनोट गर्ने गरी गृहकार्य अगाडि बढाएको छ । २७ चैतभित्र वडा र पालिकाका उम्मेदवार छनोट गरिसक्ने र निर्णय हुन नसकेका पालिकाका उम्मेदवारको नाम जिल्ला कमिटीले प्रदेश कमिटीमा अनिवार्य पठाउनुपर्ने गरी एमाले बागमतीले शनिबार परिपत्र जारी गरेको छ । 

वडा कमिटीहरूले २३ चैतभित्र बैठक राखेर सकेसम्म सर्वसम्मत सहमतिका आधारमा वडाध्यक्ष र सदस्यहरूको छनोट गरी पालिका कमिटीमा सिफारिस पठाउन एमाले बागमती अध्यक्ष केशव पाण्डेले निर्देशन दिएका छन् । सहमति नभएमा भने महिला भनी तोकिएकोबाहेकका पद वडाध्यक्षमा एक महिलासहित तीनजना सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न भनिएको छ । 

त्यस्तै, २५ चैतभित्र महानगरपालिका÷उप–महानगरपालिका÷नगरपालिकाका मेयर/उप–मेयर र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षहरूको नाम छनोट सम्बन्धित पालिका कमिटीले सर्वसम्मत सहमतिका आधारमा गर्नुपर्ने तर सहमति नभएमा मेयर/उप–मेयर, अध्यक्ष/उपाध्यक्ष दुवै पदमा एक महिला र एक पुरुष अनिवार्य हुने गरी तीन–तीनजनाको नाम सिफारिस गरी जिल्ला कमिटीमा पठाउन परिपत्रमा निर्देशन दिइएको छ । त्यस्तै, २७ चैतभित्र छनोट भएका उम्मेदवार र सिफारिस गर्नुपर्ने उम्मेदवारहरूको नाम जिल्ला कमिटीहरूले सुझावसहित प्रदेश कार्यालयमा पठाइसक्नुपर्ने भनिएको छ । 

त्यस्तै, पार्टी केन्द्रीय कार्यालयको मार्गदर्शनअनुसार हरेक स्थानीय तहले आ–आफ्नो तहको प्रतिबद्धतापत्र निर्माण गरी जिल्ला कमिटीमार्फत ३० चैतभित्र प्रदेश कार्यालयमा पठाउन निर्देशन दिइएको छ । जिल्ला कमिटीबाट निर्णय गरिएका उम्मेदवारको विवरण प्रदेश कार्यालयमा १ वैशाखभित्र अनिवार्य रूपमा पठाउनुपर्नेछ । त्यस्तै, सबै वडा कमिटीहरूलाई पालिका कमिटीसँगको समन्वयमा २७ चैतदेखि ३ वैशाखसम्म नयाँ वर्षको शुभकामना सप्ताह घरदैलो कार्यक्रमका रूपमा सञ्चालन गर्नसमेत निर्देशन दिइएको छ । 

परिपत्रमा तल्ला कमिटीहरूलाई ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार भई निर्वाचित वा पराजित भएका पालिकाका मेयर/उपमेयर, प्रमुख/उप–प्रमुख र वडाध्यक्षहरूको विवरण २३ चैतभित्र प्रदेश कार्यालयमा पठाउन पनि निर्देशन दिइएको छ । 

ad
ad
ad
ad