१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १८ शुक्रबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका नयाँ दिल्ली
२o७८ चैत १८ शुक्रबार १८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा, भाजपा अध्यक्ष नड्डासँग भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
२o७८ चैत १८ शुक्रबार १८:३३:oo

भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुगेका छन्। चारजना मन्त्रीसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नयाँ दिल्ली पुगेका प्रधानमन्त्री देउवाले साँझ दीनदयाल उपाध्याय मार्गस्थित भाजपा मुख्यालयको भ्रमण गरेका हुन्।

भाजपा अध्यक्ष जेपी नड्डा, विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायत शीर्ष नेताहरूसँग उनले त्यहाँ छलफल गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री देउवाको बेग्लै र प्रतिनिधिमण्डलस्तरीय वार्ता भोलि ११:१० बजे हैदराबाद हाउसमा हुनेछ। सुरुमा दुवै प्रधानमन्त्रीसहित तीन–तीनजना रहेको रेस्ट्रिक्टेड बैठक हुनेछ। त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित दुवै देशका उच्च अधिकारी हुनेछन्। 

प्रधानमन्त्रीलाई भारत सरकारका तर्फबाट रक्षा राज्यमन्त्री अजय भट्टले विमानस्थलमा स्वागत गरेका थिए। विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि स्वागतका लागि पुगेका थिए। 

ad
ad
ad
ad