१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १८ शुक्रबार
  • Saturday, 28 September, 2024
तस्बिर : नेपाल क्रिकेट संघको फेसबुक पेजबाट ।
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १८ शुक्रबार १६:४८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टी–२० क्रिकेट सिरिज : पपुवा न्युगिनीद्वारा मलेसिया पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १८ शुक्रबार १६:४८:oo

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ। पपुवा न्युगिनीले मलेसियालाई आठ विकेटले हराएको हो। मलेसियाले दिएको एक सय ९७ रनको लक्ष्य पपुवा न्युगिनीले १७.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍याे।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९६ रन बनायो। मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए। उनले ३५ बलमा आठ चौका र तीन छक्का प्रहार गरे। त्यस्तै, कप्तान अहमद फैजले ६३ रनको योगदान दिए। उनले ४३ बल खेल्ने क्रममा पाँच चौका र तीन छक्का हाने। जुबैद जुल्किफ्लीले २२ बलमा चार चौका र चार छक्कासहित ४६ रन तथा वीरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाए।

बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले चार विकेट तथा चाद सोपर र राइली हेकुरेले एक–एक विकेट लिए।

जवाफी ब्याटिङ गर्ने क्रममा पपुवा न्युगिनीका लागि टोनी उराले अविजित ८६ तथा कप्तान असाद भालाले अविजित ७४ रन बनाए। उराले ३४ बल खेल्दै १० छक्का र दुई चौका प्रहार गरे। यस्तै, भालाले ५१ बलको सामना गर्दै एक छक्का र आठ चौका हाने। बलिङतर्फ मलेसियाकाे फाइनल प्रवेशका लागि मुहमद वफिक र स्याज्रुल इद्रुसले एक–एक विकेट लिए।

मलेसियाले शनिबार नेपालसँग खेल्नेछ। नेपाल भने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ। जारी सिरिजमा नेपालले हालसम्म खेलेको तीनवटै खेलमा जित निकालेको छ। रासस