मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १८ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १८ शुक्रबार १४:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मतदानस्थलको रूपमा प्रयोग हुने विद्यालयमा इन्टरनेट र विद्युत् पुर्‍याइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १८ शुक्रबार १४:५३:oo

निर्वाचन आयोगले मतदानस्थलको रूपमा प्रयोग हुने विद्यालयहरूमा इन्टरनेट र विद्युत् सेवा पुर्‍याउने भएको छ। निर्वाचनका लागि प्रयोग गरिने देशरभरका करिब नाै हजार विद्यालयमा इन्टरनेट र विद्युत् सेवाको पहुँच पुर्‍याउन लागिएको हो।

स्थानीय तहको निर्वाचनमा देशभरका सरकारी विद्यालय मतदानस्थलको रूपमा प्रयोग हुँदै छन्। निर्वाचनका लागि तीन दिन विद्यालय प्रयोग हुनेछन्। आयोगले हरेक मतदानस्थलमा टेलिफोन, विद्युत् र इन्टरनेट सेवालाई सहज बनाउने तयारी गरेको छ। सोहीअनुसार उपत्यकाभन्दा बाहिरी जिल्लाका सरकारी विद्यालयमा इन्टरनेट र विद्युत् सेवा पुर्‍याउन लागिएको हो।

इन्टरनेट हरेक विद्यालयलाई आवश्यक पर्ने भए पनि जडान गर्न नसकेका विद्यालयमा उक्त सुविधा पुर्‍याइने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए। उनका अनुसार निर्वाचनको वेला मतदानस्थलको रूपमा प्रयोग गरेबापत विद्युत् र इन्टरनेट सेवा नपुगेका विद्यालयमा उक्त सुविधा पुर्‍याउन लागिएको हो। चैत महिनाभरमा सबैजसो विद्यालयमा इन्टरनेट सेवा पुर्‍याइनेछ।

आयोगले निर्वाचन हुन्जेल उक्त सुविधा आफूले प्रयोग गर्नेछ  र त्यसपछि विद्यालयलाई दिनेछ। ‘अझै पनि धेरै विद्यालयमा इन्टरनेट र विद्युत् सुविधा पुगेको छैन, हामीलाई निर्वाचन कार्यक्रमका लागि पनि उक्त सेवा चाहिन्छ, त्यसकारण हामीले सो सुविधा विद्यालयलाई जडान गरिदिन्छौँ,’ उनले भने। त्यस्तै, मतदानस्थलको रूपमा प्रयोग भएका विद्यालयमा निर्वाचनको वेला कुनै भौतिक क्षति भएमा त्यसको जिम्मेवारी आयोगले लिनेछ।