१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १८ शुक्रबार
  • Saturday, 28 September, 2024
२o७८ चैत १८ शुक्रबार १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विचार मिले लोसपासँग पनि गठबन्धन हुन सक्छ : मन्त्री यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १८ शुक्रबार १४:३९:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरूबीच गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था रहेको बताएकी छिन्। जनता समाजवादी पार्टी नेपालकी नेतृसमेत रहेकी मन्त्री यादवले स्थानीय तह निर्वाचनमा सबै ठाउँमा सत्तारुढ दलहरूबीच गठबन्धन नभए पनि ठाउँ हेरेर त्यसको निर्क्याेल हुने बताइन्।

शुक्रबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तत्काल चुनावी गठबन्धन हुने अवस्था नरहेको बताइन्। यद्यपि सम्भावनाको अन्त्य भने नभएको पनि उनले स्पष्ट पारेकी छिन्।

‘अहिले हामी गठबन्धन सरकारमा पनि छौँ। त्यो विभिन्न ठाउँमा परिस्थितिवश हाम्रो गठबन्धन भएर अगाडि बढ्ने अवस्था छ। हामी सबै ठाउँमा नगरे पनि कुनकुन ठाउँमा कसरी गर्नुपर्छ ? त्योचाहिँ हामी गर्छौँ। कुनै पनि सम्भावना समाप्त हुँदैन। राजनीतिमा हरेक सम्भावना परिस्थितिवश अगाडि बढ्छ। लोसपाको पनि विचार मिल्यो भने हामी सोच्न सक्छौँ, तर विचारै हामीसँग मिल्दैन। त्यसैकारणले गठबन्धन पनि विचारबाट, मनबाट र नियतबाट मिल्नुपर्छ। नियतै नमिल्दाखेरि त हात जोडेर मात्रै भएन। तर, सम्भावना भने अन्त्य हुँदैन।’